
काठमाडौं । रक्षामन्त्री मानवीर राईले खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रको अवलोकन एवं निरीक्षण गर्नुभएको छ ।
शुक्रबार दिउँसो खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढी आएको थियो । जसबाट गाउँपालिकाका केही घरहरु डुबानमा परेका छन् । केही घरहरुको पूर्ण क्षति भएको छ । हिम पहिरो बाढीका रुपमा आएसँगै गाउँ क्षतिग्रस्त भएको हो ।
निरीक्षणका क्रममा मन्त्री राईले गाउँवासीलाई होशियारीका साथ रहन आग्रह गर्नुभयो । उहाँले तत्काल गर्नसक्ने जति आफूले गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा राखेर थप निर्णय लिइने बताउनुभयो ।
सो क्षेत्रमा अहिले पनि उद्धार र राहतको कार्य भइरहेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पाले विपद्मा परेका स्थाानीयहरुलाई उद्धार र राहतको काम जारी रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्