
काठमाडौं । नेपालको हिमाली क्षेत्रको परम्परागत बौद्ध शिक्षालाई मूल प्रवाहमा ल्याउनु पर्नेमा प्राज्ञ तथा बौद्ध विद्धानहरुले जोड दिएका छन् ।
आइतबार राजधानीमा भएको नेपालमा हिमाली बौद्ध शिक्षा सम्भावना र चुनौति विषयक अन्तरक्रियाका सहभागीहरुले सरकारले स्वामित्व लिएर बौद्ध शिक्षाका नीतिहरु बनाउनु पर्ने बताए । बौद्ध शिक्षामा ध्यान महत्वपूर्ण भएकाले यसलाई पनि मूलधारमा ल्याउन सक्नु पर्नेमा उनीहरुको जोड थियो ।
नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष खेम्पो ग्युर्मे छुल्ट्रिम, नेपाल बज्रयान संघका अध्यक्ष डा. हृदयरत्न बज्राचार्य र लोचवा पुण्यप्रसाद पराजुली लगायतले पश्चिमी शिक्षा पद्धतिले यहाँको प्राचीन मौलिक शिक्षालाई नकारात्मक असर पुगेको भन्दै त्यसमा पनि पुनर्विचार गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्