२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जाजरकोटको पहिरोमा एकैघरका तीन जनाको मृत्यु


195
Shares

काठमाडौं । आज बिहान जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा गएको पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ ।

नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका थिए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै पर्दछ ।