२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु


468
Shares

काठमाडौं । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा पहिरोले गोठ पुरिंदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान भएको मुशलधारे वर्षापछि शितगंगा नगरपालिकाको सिमलपानीमा पहिरोले दुई तले पक्की गोठ पहिरोले पुरिंदा ३५ वर्षीय बिष्णु थापाको मृत्यु भएको हो ।

गोठ माथिबाट पहिरो खस्न थालेपछि चौपाया बाहिर निकाल्न गोठमा गएका विष्णुलाई पहिरोले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षिक दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएका एउटा पाडो र दुई वटा बाख्रा समेत मरेको पनि प्रहरीले जनाएको छ ।