१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने भुक्तानी बाँकी रोक्दैनौं : मुख्यमन्त्री लामा


143
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीहरुले भुक्तानी पाएनौं भन्ने अवस्था बन्न नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले राखेको बधाई तथा शुभकामना कायक्रममा बोल्दै मुख्यमन्त्री लामाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निर्माण व्यवसायीहरुले वागमती प्रदेश सरकारबाट निर्माण व्यवसायीहरुको भुक्तानी पाइएन भन्ने वातावरण नबनाउने गरी काम गर्ने बताउनुभयो ।

मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरुले वागमती प्रदेशमा निर्माण सम्पन्न गरेका आयोजनाको एक हप्ताभित्र सबै भुक्तानी दिने उल्लेख गर्नुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर पूर्वाधार निर्माणको काम भएन भन्न नमिल्ने बताउनुभयो ।

मुख्यमन्त्री लामाले निर्माण व्यवसायीहरुको भुक्तानी दिएर काम अगाडि बढाउने पहिलो प्रथमिकतामा राख्ने निर्माण व्यवसायीहरुसँग प्रतिवद्धता जनाउनुभयो । उहाँले वागमती प्रदेशले बनाउने निर्माण सम्बन्धि ऐनहरु र निर्माण व्यवासायीलाई अफ्ठ्यारा अवस्थालाई सहजिकरण गरिने बताउनुभयो ।

मुख्यमन्त्री लामाले रोजगारी सिर्जना गर्नको लागि उद्योगधन्दा खुल्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मात्रै निर्माण व्यवसायीहरुलाई सहजिकरण गरेसँगै व्यवसायीहरुले पनि कमजोरीहरुलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्माण क्षेत्रमा सरकारका नीतिगत व्यवस्थाहरुमा अफ्ठ्याराहरु रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो । उहाँले सरकारले कानून बनाउँदा व्यक्ति लक्षित गरेर नभई निर्माण व्यवसायीमैत्री र दीर्घकालिन सोचका साथ बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वागमती प्रदेश सरकारले निर्माण व्यवसायीलाई परेका अफ्ठ्यारो अवस्थालाई सहजिकरण गर्ने विश्वास रहेको बताउनुभयो । निमाण व्यवसायीहरुले वागमती प्रदेश सरकारले व्यवसायीमैत्री नीतिहरु बनाउँदै भुक्तानीको समस्या सहजिकरण गर्न माग गरेका थिए ।