२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा झिनो अंकले सकारात्मक


923
Shares

काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले सकारात्मक बनेको छ । दिनभरको उतार चढावका बीच २ दशमलव ११ अंकले बढ्दै नेप्से २९ सय ६८ दशमलव ४४ को विन्दुमा बन्द भएको हो ।

कारोबार रकम भने ह्वात्तै घटेको छ । गत आइतबार २९ अर्ब माथि कारोबार भएकोमा आज ३३७ वटा स्टकको ४ करोड १४ लाख ५४ हजार कित्ता शेयर १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

बुधबार एक सय वटा कम्पनीको शेयर मूल्य बढदा पाँच वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै बुधबार १४० वटा कम्पनीको शेयर मूल्य घट्दा कर्णाली विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह बढ्दा वित्त उपसमूह सर्वाधिक ४ दशमलव ९९ प्रतिशतले बढ्दा बैंक, विकास बैंक, लगानी र अन्य उपसमूह सामान्य बढेका छन् । कारोबार रकमको आधारमा बुधबार हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक ६६ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।