
फाइल तस्बिर
काठमाडौं । बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा खसेको पहिरो पन्छाउन शुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत घाँसीकुवाको पहिरो पन्छाउन आज बिहानबाट शुरु गरिएको हो ।
ठूलो पहिरो खसेकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान गरिएको छ । ठूला रुखसहित खसेको पहिरोले सडकको झण्डै डेढ सय मिटर भाग ढाकेको प्रहरीले जनाएको छ । सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोलीले बाटो खुलाउने काम गरिरहेको बताइएको छ ।
पहिरोले मुख्य सडक बन्द भएपछि साना तथा ठूला सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्