
काठमाडौं । भारतको पाँच दिनको भ्रमणमा सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार स्वदेश फर्कनुभएको छ ।
आइतबार भारतको नयाँदिल्ली पुग्नु भएकी परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनुभएको हो ।
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्