
एजेन्सी । पाकिस्तानमा बन्दुकधारी समूहले स्कुल बसमा गोली चलाउँदा दुई बालबालिकाको मृत्यु भएको छ ।
पन्जाव प्रान्तको अट्टक जिल्लाको एक गाउँका विद्यार्थीहरु विद्यालय जाने क्रममा गोली प्रहार गरिएको हो ।
गोली प्रहारमा ५ बालबालिका घाइते भएका छन् । गोली प्रहार लगत्तै फरार भएका बन्दुकधारीहरुको खोजी भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।
गोली प्रहारका क्रममा बालबालिकामा कोलाहल मच्चिएको थियो । गोली प्रहारको घटनापछी बिद्यार्थीका अभिभावकहरु आक्रोशित बनेका छन् भने उनीहरुले बिद्यालय घेराउ गरी नाराबाजी समेत गरेका छन् ।
पाकिस्तान पछिल्लो समय असुरक्षित बनेको भन्दै उनीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्