२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सहकारी छानबिन समितिले रवि लामिछानेसँग आज बयान लिँदै


377
Shares

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई समितिले दिउँसो २ बजे सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै सोधपुछका लागि बोलाइएको छ । जोशीलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो । कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको विपिनको बयानमा उल्लेख छ । रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्दा विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ ।