
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । साउन २८ गते स्थगित भएको बैठक शुक्रबार बस्न लागेको हो ।
गत साउन २३ गतेबाट शुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले राखेको प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ ।
थापा र शर्माको प्रस्तावलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले काउन्टर गर्न थालेपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो । थापाले चुनावी गठबन्धन गर्न नहुने र शर्माले प्रधानमन्त्री, मन्त्री तथा सांसद कति पटक हुने भन्ने सीमा तय गर्नुपर्ने प्रस्ताव राखेपछि पार्टीभित्र समस्या जटिल बन्दै जाँदा पार्टीको केन्द्रीय कार्यसमितिको बैठक ११ दिन रोकिएको थियो ।
देउवा समूहका विमलेन्द्र निधि‚ प्रवक्ता प्रकाश शरण महत‚ एनपी साउद‚ रमेश लेखक‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरू दुवै महामन्त्रीको प्रस्तावको विपक्षमा रहेका छन् । दुवै महामन्त्रीको प्रस्तावलाई परिमार्जनसहित पास गर्नुपर्नेमा संस्थापन पक्षले जोड दिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्