
काठमाडौं । भारतको त्रिपुरा राज्यमा बाढी र पहिरोका कारण २२ जनाको मृत्यु भएको छ । पहिरोमा परेका २ जना अझै बेपत्ता रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
हेलीकोप्टरसहित उद्धारकार्य जारी रहेको बताइएको छ । अहिलेसम्म प्रभावित क्षेत्रका करिब ७ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएका छन् । भारतका गृहमंत्री अमित शाहले पीडितहरुका लागि हरसंभव मद्दत गर्ने आश्वासन दिनुभएको छ ।
भारी वर्षाका कारण त्यहाँका प्राय सबै नदीको जलस्तरले खतराको विन्दु पार गरेको जनाइएको छ । बाढीबाट पुवोत्तर राज्यका करिव १७ लाख मानिस प्रत्यक्ष रुपमा प्रभावित भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्