
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गरेको छ ।
शनिबार पार्टी केन्द्रिय कार्यालयबाट सो अभियान सुरु गरिएको हो ।
अभियानको शुभारम्भ पार्टी उपसभापति डोलप्रसाद अर्यालले गर्नुभयो । अभियानको शुभारम्भ गर्दै उपसभापति अर्यालले युवा पुस्तालाई नेपालमा रोक्ने प्रयासका लागि यो अभियान थालिएको बताउनुभयो ।
उपसभापति अर्यालले साना व्यवसायलाई प्रोत्साहन गर्दै स्वदेशमै रोजागरी सिर्जना गर्न पनि अभियानले मद्दत पु¥याउने बताउनु भयो । उहाँले अभियान पार्टीमा रहेको ३८ वटा विभागमध्ये ५ वटा विभाग मिलेर सुरु गरेको पनि जानकारी दिनुभयो । उहाँले रास्वपाले कस्तो राजनीति गरिरहेको छ रु भन्नेकुरा पनि अभियानमार्फत थाहा हुने बताउनुभयो ।
उपसभापति अर्यालले केन्द्रमा मात्र नभइ यस्ता कार्यक्रम, प्रदेश, जिल्ला र पालिकास्तरमा समेत गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्