२५ फाल्गुन २०८१, आइतबार | Mon Mar 10 2025


सडक सुरक्षित बनाउन सांसदको आग्रह


234
Shares

काठमाडौं । राष्ट्रियसभामा नेकपा एमाले सांसद सुमित्रा बिसीले सडक व्यवस्थित र सुरक्षित बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

आजकोे राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिसीले असारे बजेटका नाममा अन्तिम समयमा आएर बजेट खर्च गर्ने र त्यस बेलाको काम हतारमा हुने भएकाले जनताले तिरेको करको प्रभावकारीता नदेखिएको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीको लापरवाहीले समयमै काम सम्पन्न हुन नसकेको आरोप लगाउँर्दै सरकारले आयोजनाहरुबारे गम्भीर भएर अनुसन्धान गर्नुपर्ने बताउनुभयो । उहाँले जनताका सास्ती हटाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो ।

चन्दले समानुपातिक समावेशीतालाई दोष लगाउनु भन्दा सही अन्वेषण गर्नुपर्ने बताउनुभयो ।