२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हिमपहिरोका कारण थुनिएको खोला खुल्यो अपडेट


0
Shares

काठमाडौं । म्याग्दीको मानापाथी हिमालबाट खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ को मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरो खस्दा खोला थुनिएको थियो । थुनिएको खोला झण्डै १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो ।

खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगाल्दै गएपछि विस्तारै खोला बग्न थालेको हो । तटीय क्षेत्रका नौ वटा घरपरिवारलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । बोक्सीखोलाको मूलखर्कदेखि तल करिब एक किलोमिटरसम्म हिउँपहिरो थुप्रिएको छ ।

सो ठाउँमा यही भदौ ७ गते दिउँसो पनि हिउँ पहिरो खसेको थियो । यसअघिकै हिउँको थुप्रो पग्लिएर नसकिँदै पुनः पहिरो आएर हिउँ थुप्रिएको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।