
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी सुरु गर्नुभएको छ ।
हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता हुनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उहाँले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताउनुभएको हो ।
मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाउनुभएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री राणाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पु¥याउने विषयमा जोड दिएको पनि स्पष्ट पार्नुभयो ।
परराष्ट्रमन्त्री राणाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्