२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चाँडै काठमाडौं बासीलाई खानेपानीको समस्याबाट मुक्त गर्छौं : मन्त्री यादव


182
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले चाँडै काठमाडौं बासीलाई खानेपानीको समस्याबाट मुक्त गर्ने बताउनुभएको छ ।

मंगलबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो ।

मन्त्री यादवले सरकारले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानी सुविधा उपलब्ध हुने बताउनुभयो ।

मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने बताउनुभयो । उहाँले २५ देखि ३० करोड खर्च तत्काल गर्ने हो भने पानी केही सहज हुने बताउनुभयो ।

मन्त्री यादवले अहिले ६ दिनमा एक दिन पानी काठमाडौंवासीलाई दिने गरेको बताउनुभयो ।