
काठमाडौं । पछिल्ला दुई दिन सकारात्मक रहेको बजारमा बुधबार पहिरो गयो ।
उतारचढावबीच बजार परिसूचक नेप्से ९० अंकले ओरालो लागेर २७ सय ३९ मा आएर थामियो ।
सोमबार सवा सयले उछालिएको बजार हिजो सामान्य सुधारिएको थियो । यसदिन कारोबार पनि १३ अर्ब तलै खुम्चियो । सबै समूह राताम्मे रहँदा वित्त समूहमा सबैभन्दा उच्च ५ प्रतिशत बढीको गिरावट आयो । होटल तथा पर्यटन समूह साढे ४ प्रतिशतले घट्यो । अन्य, वाणिज्य बैंक, जीवन बीमा, जलविद्युत, लगानी समूह ३ प्रतिशत बढीले घटे ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय २० कम्पनीको २ करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । घटेका बजारमा पनि एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्तलगायत करिब आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । कुमारी इक्वीटी फण्डका लगानीकर्ताले १० प्रतिशत गुमाए । नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट दुवैको ३० करोड माथिको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्