१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विद्यालय शिक्षा विधेयकलाई व्यवस्थित गर्न उपसमिति गठन हुने


273
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० लाई व्यवस्थित गर्न उपसमिति गठन हुने भएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उपसमिति गठन गरी विधेयकलाई अझ व्यवस्थित बनाइने बताउनुभयो । उहाँले असल शिक्षा बनाउनका लागि केके मोडलमा जान सकिने हो रु समितिले पनि प्रश्ताव तयार पार्ने र सरकारको पनि धारणा सुनेर थप व्यवस्थित बनाउन उपसमिति वा समन्वय समिति बनाउने बताउनुभयो । उहाँले उपसमिति भने आगामी बैठकबाट बनाइने पनि जानकारी दिनुभयो ।

सभापति थापाले विधेयकको विषयमा छनोट गरेर कुनकुन राख्दा विधेयक अझ राम्रो हुन्छ त्यसमा अघि बढ्नेगरी तयारी गर्न पनि आग्रह गर्नुभयो ।