
काठमाडौं । आज भाद्र शुक्ल द्वितीया अर्थात् दर खाने दिन । हरितालिका तीज व्रतको अघिल्लो दिन सनातन हिन्दू धर्मावलम्बी
महिलाहरुले आज साँझ दर खाने गर्दछन् ।
तीजको दिन निराहार व्रत बस्ने हुनाले अघिल्लो दिन बेलुकी पौष्टिक तत्व भएको दर खाने प्रचलन छ । भोलिपल्ट तीजको व्रत बस्नुपर्ने भएकाले यस दिन सात्विक परिकारहरु खिर, ढकनी, सेल, पुरी, तरकारी–अचार, फलफूल, मीठाई खाने चलन छ ।
दर खुवाउन माइतीले आफ्ना चेलीबेटीलाई बोलाउने गर्दछन् । आजको दिन माइती आएका दिदीबहिनीहरु सुखदुख बाँड्दै मीठा परिकारहरु खाएर नाचगान गरि रमाइलो गर्दछन् । हिजोआज आफन्त, छिमेकी, साथीहरु, सहकर्मीलगायतले पनि नाचगान गर्दै दर खाने चलन बढेको छ ।
प्रतिक्रिया दिनुहोस्