
फाइल तस्बिर
काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताउनुभएको छ ।
महेन्द्रनगरमा आज प्रेस युनियन कञ्चनपुरको आयोजनामा भएको पत्रकार सम्मेलमा गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।
उहाँले यो प्रकरणलाई आफूले गम्भीरतापूर्वक लिएको र घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभयो । साथै अनुसंधान भइरहेकाले दोषिलाई कानुनी कठघरामा ल्याउने दाबी पनि गर्नुभयो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त बलात्कार पछि हत्या गरिएको अवस्थामा ०७५ साउन ११ गते घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्