७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा दोहोरो अंकले गिरावट


988
Shares

काठमाडौं । साताको अन्तिम कारोबार शेयर बजार दोहोरो अंकले घटेको छ ।

दिनभरको उतार चढावका बीच १२ अंकले घटेर नेप्से २७ सय २७ मा थामिएको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज लघुवित्त उपसमूह १ दशमलव ६८ प्रतिशत र ब्यापार उपसमूह झिनो अंकले बढे बाहेक अरु सवै उपसमूहहरु राताम्य भए । आज १ सय १ कम्पनीको शेयरमूल्य बढ्दा १ सय ३८ कम्पनीको भने घटेको छ ।

जलविद्युत र लगानी उपसमूह सर्वाधिक १ प्रतिशत बढीले घटेका छन् । अन्य उपसमूह सामान्य घटेका छन् । आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने युनिक नेपाल लघुवित्त र नेष्डो सबृद्ध लघुवित्तको शेयर मूल्य ८ प्रतिशत बढीले बढेको छ । तर नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ८ प्रतिशतले घटेको छ ।

बिहीबार ३ सय १६ कम्पनीको २ करोड कित्ता शेयर ९ अर्ब ६५ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्सको सर्वाधिक ४० करोड रुपैयाँ माथिको कारोबार भएको छ ।