१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाल प्रिमियर लिगका लागि ८ वटै टीमको बोलकबोल टुंगियो


6.617k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग एनपीएलका लागि ८ वटा टीमको बिक्री टुंग्याएको छ ।

क्यानले बिहीबार बोलकबोल मार्फत टीमहरु बिक्री गरेको हो ।

जस अनुसार टीम पोखरा सर्वाधिक साढे तीन करोडमा विक्री भएको छ । नेपाल टी ट्वान्टी प्रालिले टीम पोखरालाई ३ करोड ५७ लाखको बोली लगाएको हो । नेपाल टी ट्वान्टी प्रालि व्यवसायी सुबोध त्रिपाठीको भएको बुझिएको छ । पोखरापछि सर्वाधिक मूल्य पाउनेमा टिम काठमाडौं बनेको छ । कान्तिपुर मिडिया ग्रूपले टीम काठमाडौंलाई ३ करोड ३३ लाख रुपैयाँ हालेको छ ।

यसैगरी चितवन मेडिकल कलेजले एक करोड ७६ लाखमा टीम चितवनको स्वामित्व लिएको छ भने एमएडी ड्रिम्स स्पोर्ट्सले विराटनगर टीमलाई १ करोड ५१ हजार रुपैयाँमा स्वामित्व लिएको छ ।

फर्चुना हेल्थ केयरले लुम्बिनीको स्वामित्व १ करोड ८६ लाख रुपैयाँमा लिएको छ भने ड्रिम स्पोर्टस्ले २ करोड ५ लाखमा टिम जनकपुरलाई किनेको छ । यसैगरी सुदूरपश्चिम एम्पायर स्पोर्ट्सले १ करोड ६८ लाख रुपैयाँमा टीम सुदूरपश्चिम र हिमालयन बिल्डर्सले एक करोड ११ लाखमा टिम कर्णालीको स्वामित्व लिएका छन् ।