
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोईरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताउनुभयो ।
सांसद कोईरालाले विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताउनुभयो । उहाँले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउनुभयो । उहाँले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताउनुभयो ।
सांसद कोईरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्