२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


जनताको समस्या नेताको पनि समस्या हो : अध्यक्ष नेपाल


169
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष नेपालले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताउनुभयो । उहाँले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताउनुभयो । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको बताउनुभयो ।

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताउनुभयो ।