१५ बैशाख २०८२, सोमबार | Tue Apr 29 2025


‘नेपाल विश्वविद्यालय विधेयक’प्रतिनिधि सभाबाट पारित


299
Shares

काठमाडौं । ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१’ प्रतिनिधि सभाबाट पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सो विधेयक पारित गर्नका लागि राख्नुभएको प्रश्ताव बहुमतले पारित भएको हो ।

विधेयकमा सो विश्वविद्यालयको कार्यालय काठमाडौं उपत्यका बाहिर राख्ने उल्लेख गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक भाद्र २५ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।