२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता थियो : गगन थापा


286
Shares

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपीको लागि समाजवाद व्यक्तिको स्वतन्त्रता भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले विपीको लागि समाजवाद भनेको सबैभन्दा ठूलो कुरा नै व्यक्तिको स्वतन्त्रता भएको भन्दै स्वतन्त्रता नभइकन समानता सम्भव नरहने विपीको सोच रहेको बताउनुभएको हो ।

महामन्त्री थापाले समानताको पूर्वशर्त भनेको स्वतन्त्रता रहेको बताउनुभयो । उहाँले स्वतन्त्रता र समानता एउटा सिक्काका दुई वटा पाटा जस्तो भएर विपीको लागि रहेको बताउनुभयो । उहाँँले स्वतन्त्रतामा टेकेर समानताका लागि विपीले प्रयत्न गर्नुभएको बताउनुभयो । उहाँले विपीले जहाँ प्रजातन्त्र छैन त्यहाँ स्वतन्त्रता छैन, जहाँ विधिको शासन छैन त्यहाँ स्वतन्त्रता छैन । जहाँ स्वतन्त्रता छैन त्यहाँ समानता भन्ने सिद्धान्त अघि सार्नुभएको स्मरण गर्नुभयो ।

महामन्त्री थापाले विपीको लागि स्वतन्त्रता नै अन्कम्प्रमाइजिङ कुरा भएको बताउनुभयो ।