२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनको मूल्यमा नयाँ रेकर्ड कायम


4.095k
Shares

काठमाडौं । सुनको मूल्यमा फेरि उचाईको नयाँ रेकर्ड कायम भएको छ ।

निरन्तर अकाशिंदै गएको सुनको भाउमा पछिल्ला ४ दिन सामान्य स्थिर जसै रहेको थियो ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ४ सयको उचाइ कायम भएको हो । यो हालसम्मकै उच्च हो ।

यसअघि भदौ २१ गते शुक्रबार १ लाख ५३ हजार ३ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १७ सय ८० कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २५ सय ५० डलर आसपासमा कारोबार भइरहेको छ ।