२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संविधान पुनरावलोकन गर्नुपर्छ : गगन थापा


390
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरुले चाहेको बताउनुभयो । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताउनुभयो ।

महामन्त्री थापाले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचित भएको प्रतिनिधि र पार्टीको बीचमा हुनुपर्ने हार्दिकता धेरै ठाउँमा नपाएको गुनासो गर्नुभयो ।