१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जनयुद्ध ठूलो परिघटना हो : बाबुराम भट्टराई


832
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बने यताकै सबैभन्दा ठूलो परिघटना भएको बताउनुभएको छ ।

बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो दाबी गर्नुभएको हो ।

अध्यक्ष भट्टराईले नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताउनुभयो । उहाँले सुगौली सन्धी भन्दा अघिको राज्य बिस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य बिस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला र बालबालिकाहरु राज्य निर्माणमा सहभागी भएका बताउनुभयो । जनयुद्धले नै संघीय लोकतान्त्रिक गणतन्त्रको अवसर दिएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले नेपाली जनताको सहभागितामा भएको परिवर्तनको पक्षमा टेलिश्रृंखला उभिने विश्वास व्यक्त गर्नुभयो ।