
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण, संविधान सभा अध्यक्ष स्व.सुवाषचन्द्र नेम्वाङको नाममा केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने सम्बन्धमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्