
काठमाडौं । कोशी प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको छ ।
नयाँ मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज बिहान ९.४५ बजेका लागि राखिएको छ । सरकारमा अहिले तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने जनाइएको छ । काँग्रेसका चारजनालाई समेटेर मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार विस्तार गर्न लाग्नु भएको हो ।
सरकारमा जानेमा सदानन्द मण्डल, भूपेन्द्र राई र खगेनसिं हाङ्मामको नाम निश्चित भएको छ भने राज्यमन्त्रीमा भूमिप्रसाद राजवंशीको नाम टुङ्गो लागेको छ ।
काँग्रेसका कोशी प्रदेश महामन्त्री राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन ्। उनले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् । यस्तै खगेनसिंह हाङ्गा उद्योग कृषि तथा सहाकारी तथा सदानन्द मण्डल पर्यटन, वन, वातावरणमन्त्री बन्ने कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जानकारी दिनुभयो ।
यस्तै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्