
web pic
काठमाडौं । बागलुङमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–२ भुंगानीमा बिहान सरकारी गाडी दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्षसहित तीन जनाको मृत्यु भएको हो ।
गलकोटतर्फ गइरहेको रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा एक जना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि धौलागिरी अस्पताल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्