६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


प्रधानमन्त्रीलाई खेलकुदमन्त्रीको आग्रह – खेलकुद मन्त्रालयको बजेट बढाइदिनुस्


156
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयको बजेट आगामी आर्थिक वर्षमा बढाइदिन आग्रह गर्नुभएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै खेलकुदमन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले २१ वटा मन्त्रालयमा सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयाई छुट्याइएको भन्दै आगामी आर्थिक वर्षमा थोरैमा १ प्रतिशत बजेट छुट्याइदिन आग्रह गर्नुभयो । उहाँले पाराओलम्पिकमा काँस्य पदक प्राप्त गरेको भएपनि जोगाइरहने चुनौति नेपालसँग रहेको बताउनुभयो ।

सम्मान ग्रहण गर्दै खेलाडी गोवद्र्धनले सम्मानित हुन पाउँदा धेरै खुशी भएको भन्दै सबैको साथ र सहयोगले मेडल प्राप्त गर्न सफल भएको बताउनुभयो ।