८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने


2.392k
Shares

काठमाडौं । आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ सम्म हुने तय छ ।

उक्त एनपिएलमा खेल्ने आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका हुन् । क्यानले शनिवार काठमाडौंमा आयोजना गरेको मार्की खेलाडी छनोट गर्ने कार्यक्रममा उनीहरूले पाउने पारिश्रमिकबारे जानकारी दिएको हो ।

शनिबार गोलाप्रथाबाट नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी र पूर्वकप्तान सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी तय भएका छन् । काठमाडौंले तिब्र गतिका अनुभवी बलर करण केसीलाई मार्की खेलाडीको रूपमा पाएको छ ।

त्यस्तै ओपनर कुशल भुर्तेल पोखरा र अलराउण्डर कुशल मल्ल चितवनको मार्की तय भएका छन् । अर्का ओपनर आसिफ शेख जनकपुर, अनुभवी बलर सोमपाल कामी कर्णाली र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिमका मार्की खेलाडीका रूपमा छनोट भएका छन् ।

पोखराको स्वामित्व नेपाल टी–२० प्राली, काठमाडौंको स्वामित्व कान्तिपुर पब्लिकेशन र चितवनको स्वामित्व चितवन मेडिकल कलेजले खरिद गरेको हो । लुम्बिनीको स्वामित्व फच्र्युना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स र कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सले खरिद गरेको हो ।

इम्पायर स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा सुदूरपश्चिम छ । एमएडी ड्रिम स्पोटर््सले विराटनगर दुई करोड पाँच लाख खरिद गरेको थियो । पोखराका लागि सबैभन्दा बढी तीन करोड ५७ लाख मूल्यमा खरिद भएको हो । कर्णाली सबैभन्दा कम एक करोड ११ लाखमा हिमालयनले फ्रेन्चाइजी पाएको हो ।