१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अवरोध जारी राख्ने माओवादी निर्णय


962
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् बैठकको अवरोध कायम राख्ने निर्णय गरेको छ ।

एमाले सांसद योगेश भट्टराईले गत भदौ १२ गते माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेको विषय संसदको रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने माओवादी केन्द्रले निर्णय गरेको हो ।

संसदको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा माओवादीले पार्टी वैठकमा छलफलका लागि समय मागेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको वैठकले माओवादी हिंसा भन्ने शब्दको रेकर्ड नहटाएसम्म अवरोध जारी राख्ने निर्णय गरेको हो ।