
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा नआत्तिन साना दलहरुसँग आग्रह गर्नुभएको छ ।
सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायले यस्तो आग्रह गर्नुभएको हो ।
सांसद रोकायले दुई राजनीतिक ठूला दलहरु मिल्दा विगतमा पनि देश र जनताका लागि हित भएको बताउनुभयो । उहाँले निर्वाचन प्रणालीमा संशोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले दुई दल मिल्दा कसैले पनि नकारात्मक टिप्पणी गर्न आवश्यक नरहेको बताउनुभयो ।
सांसद रोकायले ठूला राजनीतिक दलहरुबीच एक आपसमा सौहाद्रपूर्ण सम्बन्ध हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्