
काठमाडौं । शेयर बजारमा गिरावट जारी रह्यो ।
सोमबार पनि बजार परिसूचक नेप्से ५७ अंकले ओरालो लागेर २५ सय ८० मा आएर थामियो ।
कारोबार समेत खुम्चिएर साढें ७ अर्ब तलै सीमित रह्यो । सबै समूह राताम्मे रहँदा वित्त समूहमा सबैभन्दा उच्च साढें ५ प्रतिशतको गिरावट आयो । व्यापार र विकास बैंक समूहमा ३ प्रतिशत नजिकको गिरावट आयो । होटल, जलविद्युत, लगानी, पर्यटन, अन्य र लघुवित्त समूह २ प्रतिशत बढीले झरे ।
सोमबार नेपाल स्टक एक्सचेन्जमा ३ सय १२ कम्पनीको १ करोड ७० लाख कित्ता शेयर ७ अर्ब ३६ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । सोमबार २ सय २७ स्टकको मूल्य घट्दा जम्मा १४ को बढ्यो । घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो र जनउत्थान सामूदायिक लघुवित्तका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
सोमबार सीईडीबी हाइड्रोको सबैभन्दा उच्च ३१ करोड रुपैयाँ बढीको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्