३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त


117
Shares

काठमाडौँ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआजा गरि जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा रहेको छ ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले यस पर्वले प्रकृति र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको उल्लेख गर्नुभएको छ । शताब्दीयौँदेखि परम्परा बनेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने राष्ट्रपति पौडेलको विश्वास छ ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा “मूलतः काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखालगायत जिल्लामा मनाइने कुमारी इन्द्रजात्राजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वले हाम्रो विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, व्यक्त गर्नुभएको छ ।