१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा


2.392k
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।

कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि बताउनुभयो । उहाँले पार्टीको नाम भने राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने बताउनुभयो । राष्ट्रिय मुक्ति क्रान्तिको बिस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएको करिब ८ महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।