१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्यानाडामा जारी त्रिदेशीय श्रृंखलामा नेपाल ओमानसँग पराजित


2.275k
Shares

काठमाडौं । क्यानाडामा जारी त्रिदेशीय क्रिकेट श्रृंखलामा नेपालले लगातार दोस्रो हार भोगेको छ । किङ्ग सिटीमा गएराति भएको खेलमा नेपाललाई ओमानले एक विकेटले हराएको हो ।

खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका कप्तान रोहित पौडेलले ६० रन बनाउँदा गुल्शन झाले ५३ रनको योगदान दिए ।

जवाफमा २ सय २१ रनको चुनौती ओमानले खेलमा एक बल बाँकी छँदा ९ विकेट गुमाएर पुरा ग¥यो । ओमानको जितमा जतिन्दर सिंहले सर्वाधिक ४३ रन जोडे । नेपालका गुल्सन झाले ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् । यो हारसँगेै नेपालको आइसीसी विश्वकप क्रिकेट लिग टु को यात्रा कमजोर बनेको छ ।

लिग टु को ६ खेलबाट नेपालको दुई अंक मात्रै छ । आठ टोली सहभागी लिग टु क्रिकेटमा नेपाल पुछारबाट दोस्रोमा छ । पुछारको टोली युएई अंकविहीन अवस्थामा रहँदा छैटौं स्थानको ओमानको ५ अंक भएको छ । ८ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ भने क्यानाडाले ९ खेलबाट १० अंक जोडेको छ ।