२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति पौडेल


143
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ ।

बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निराश बन्ने समय नभएको बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनुभयो । उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनुभयो ।उहाँले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउनुभयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउनुभयो । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताउनुभयो ।