
काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पदबाट राजीनामा दिनुभएको छ ।
यसअघिका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिँदै विष्टलाई कार्यवाहक तोक्नुभएको थियो ।
कार्यवाहक अध्यक्ष विष्टले यही असोज १२ गते महासंघको चुनाव गर्ने गरी मिति तोक्नुभएको थियो । विष्टले शुक्रबार उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र शुक्रबार महासंघको केन्द्रीय कार्यालयमा पठाउनुभएको जनाइएको छ । अस्वाभाविक सदस्य थप गर्न दबाब आएको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।
राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पारेको विष्टले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्