
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स)को नयाँ अवधारणा बनाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
गभर्नर अधिकारीले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेण्ट गर्नसक्ने क्षमता निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्वपूर्ण रहेको पनि बताउनुभयो ।
गभर्नर अधिकारीले डिसिजीएफले समस्या भए कानूनी संशोधनका प्रश्तावहरु अघि बढाएर जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्