२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न जोड दिइएको छ : अर्थमन्त्री पौडेल


195
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नविन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

सरकारले स्टार्टअप र नवप्रवद्र्धनका लागि इकोसिष्टमको विकास गरी उद्यमशील वातावरण सृजना गर्न सहजीकरण र नियमनका लागि आवश्यक प्रवन्ध मिलाएको अर्थमन्त्री पौडेलको दाबी थियो । आर्थिक विकासको लागि बचतलाई प्रोत्साहित गर्नु र कर्जाको सहज पहुँच बिस्तार गर्न आवश्यक एवं अपरिहार्य भएको उल्लेख गर्दै उहाँले त्यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएपछि सकारात्मक उपलब्धिहरु प्राप्त हुँदै आएको समेत बताउनुभयो ।

अर्थमन्त्री पौडेलले वित्तीय क्षेत्रको विकासका लागि वित्तिय पहुँच अभिवृद्धि, नविन वित्तीय उपकरणको प्रयोग, वचत तथा कर्जा बिस्तार, वित्तिय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बचतकर्ताको बचतलाई उत्पादन वृद्धिका लागि उपयोग गर्ने कुरामा पनि सरकार योजनावद्ध ढंगले लागि परेको बताउनुभयो ।