३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


‘मुलुकमा बेइमानहरु बढ्दै गए’


416
Shares

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताउनुभएको छ ।

शनिबार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताउनु भएको हो ।

सभापति पोखरेलले सबै प्रमाण र तथ्य हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताउनुभयो ।

सभापति पोखरेलले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताउनुभयो । उहाँले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफँै गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताउनुभयो ।

सभापति पोखरेलले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताउनुभयो । उहाँले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद राजन केसीले पनि सरकारी निकायका प्रमुख र जिम्मेवार पदाधिकारीको गैरजिम्मेवारीको कारण बेरुजु आउने गरेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको कारण सरकारी निकायहरुमा बेरुजु नपाउने उल्लेख गर्नुभयो । उहाँले सरकारी निकायका प्रमुखले नियम कानून कर्डाई गर्ने हो भने बेरुजु कम हुने बताउनुभयो । उहाँले बेरुजु राख्ने,बेरुजु देखाउने र जनताको करको रक्षा गर्ने काम लेखा समितिको भएको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बेरुजुको प्रभाव निर्माण व्यवसायीहरुको ठूलो रहेको बताउनुभयो । उहाँले बेरुजु सरकारी निकायले सबै काम गरेर व्यवसायीहरुको नाममा बेरुजु बनाएर समस्या भएको बताउनुभयो । उहाँले सरकारी निकायहरुबीच समन्वयको अभाव खड्कीएको बताउनुभयो ।

अध्यक्ष सिंहले सबैले अधिकारको सीमाभित्र मात्रै रहेर काम गरेको तर दायित्व निर्वाह गरेको नदेखिएको बताउनुभयो । उहाँले बेरुजु बेरुजु नै भए हरेक वर्ष किन दोहोरिरहन्छ रु भन्दै प्रश्न गर्नुभयो ।