८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढ्यो : अध्यक्ष दाहाल


260
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आायेजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले अहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरुले औंल्याइरहेको बताउनु भयो । उहाँले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताउनुभयो । अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु भइरहेको बताउनुभयो । उहाँले अहिले संसार तस्रो विश्वयुद्धको संघारमा रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको उल्लेख गर्नुभयो ।