
एजेन्सी । प्यालेष्टीनी भुमी गाजामा विस्थापितहरुले शरण लिएको एउटा विद्यालयमा इजरायली हवाई हमला हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
हमलामा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलका अनुसार इजरायलसँग युद्ध शुरु भएयता बन्द गरिएको उक्त विद्यालयमा विस्थापितहरुको अस्थायी शिविर रहेको थियो । घटनामा थुप्रै घाइते भएका छन् ।
इजरायल डिफेन्स फोर्स (आई.डी.एफ) ले हमासको कमाण्ड सेन्टरलाई निशाना बनाएको बताउँदै हमासले सैन्य उद्देश्यका लागि विद्यालय र अन्य नागरिक क्षेत्रहरुलाई प्रयोग गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्