२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्व स्कुल दूध दिवस : दूध र दुग्ध पदार्थ वितरण


26
Shares

काठमाडौं । नेपाल डेरी एसोसिएसनले जेष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण गरेको छ ।

काठमाडौँको बुढानिलकण्ठ –८ मण्डिखाटारस्थित दिव्य सेवा निकेतन जेष्ठ नागरिक आश्रममा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा तेस्रो दिन आश्रममा रहेका १७ जना जेष्ठ नागरिकलाई दूध तथा दुग्ध पदार्थ वितरण गरेको हो ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, एसोसिएसन काठमाडौं जिल्ला सदस्य चेतनाथ दाहाल (केदार), मनोज दाहाल लगायत डेरी उद्योगीहरू सहभागी थिए । ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपप्रसाद धमलाले दूध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूर्ण भएको हुनाले बिहान बेलुका सबै जनाले दूध पिउनु पर्ने बताउनुभयो ।

यस्तै नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरेले दूध पूर्ण पौष्टिक आहार भएको बताउँदै सबै जेष्ठ नागरिकहरूले दूध तथा दुग्ध पदार्थ सेवन गरेमा निरोगी बन्न सहयोग पुग्ने र बालकदेखि वृद्धसम्म नभइ नहुने यसको महत्व धेरै भएको बताउनुभयो ।

एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्लाद दाहालले दूधबाट बनेका परिकारहरू, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रममा गोठदेखि ओठसम्मको तरिका बताउँदै साताव्यापी विद्यालय दूध दिवस मनाउनुको उद्देश्य प्रकाश पार्नुभयो ।