८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दुई वटा संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा राज्यको मूल प्रवाहमा आउन नसकेका समुदाय तथा जातजातिको जनसंख्याको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

त्यसैगरि बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।